गिरिजा अधिकारीको शब्द तथा गायक रुपक डोटेलको आवाज रहेको कम्मर मर्काइ मर्काइ आँखा सन्काइ सन्काइ बोलको गीतको म्यूजिक भिडियो बजारमा

44
Want create site? Find Free WordPress Themes and plugins.

गिरिजा अधिकारीको ‘कम्मर मर्काई मर्काई…’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक रुपक डोटेलको ‘सानु’ एल्बममा समावेश उक्त गीतको भिडियो युट्युबमार्फत बिन्दाबासीनी म्यूजिकले सार्वजनिक गरेको हो । अधिकारीको शब्द, चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र गायक रुपक डोटेलको आवाजमा सजिएको उक्त गीतमा नायिका अनु शाह र मोक्ष अधिकारीले अभिनय गरेका छन् । कपिल लामाको निर्देशन तथा राजेश घिमिरेको छायाङ्कनमा भिडियो तयार भएको हो ।  अधिकारीको यस अघि पनि ‘धरोधर्म..’ बोलको गीतको अडियो बुढासुब्बा म्यूजिकमार्फत सार्वजनिक भएको थियो । उक्त गीतमा भने गायक रामचन्द्र काफ्लेको आवाज छ ।

हेर्नुहोस् भिडियो

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here