गुडिरहेको बसमा बम प्रहार, एक यात्रु घाइते

64
Want create site? Find Free WordPress Themes and plugins.

असार,२७-

कपिलवस्तुको शिवराज नगरपालिकाको वनकसवादको उक्कालोमा गुडिरहेको बसमा मंगलबार अपरान्ह बम प्रहार गर्दा एक जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ८९४८ नम्बरको बसमा अज्ञात समुहले भिरमाथिवाट पेट्रोल बम प्रहार गर्दा बसको पछाडि बसेका बाँके जिल्ला वर्ष ५६ का कमरुद्धिन जोहार घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रौटका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । जोहारको दाहिने हात पूर्ण रुपमा जलेको छ भने बसमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । विप्लव समूहको वन्दको कारण प्रहरीले दिउँसोदेखि बस स्कटिङ गरी गन्तब्यमा पुर्याउने गरेको थियो । 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here