गुल्मी १८ दिनदेखि बन्द, बाँके, पाल्पा र अर्घाखाँचीमा पनि बन्द

26
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२–

संविधान संशोधनको विरोधमा पश्चिमका विभिन्न जिल्लामा शनिबार पनि बन्द कायमै छ । बाँकेमा शुक्रबार बेलुका ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मको लागि बन्द खुला गरिएको थियो । सडकमा रोकिएका यात्रु र गाडीलाई ध्यानमा राखेर बन्द खुला गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ । बिहान ८ बजेसम्म बन्द खुल्दा नेपालगञ्ज र कोहलपुरमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । अहिले फेरि बन्द सुरु भएपछि गाडी चल्न सकेको छैन । संयुक्त सङ्घर्ष समितिको आह्वानमा बाँकेसहित प्रदेश नम्बर ५ का १२ जिल्ला बन्दको घोषणा गरिएको हो । बन्दका कारण ती जिल्लाको जनजीवन कष्टकर भएको छ । गुल्मीमा लगातार १८ दिनदेखिको  बन्दले जनजीवन निकै कष्टकर बनेको छ । अर्घाखाँचीमा पछिल्लो पटक तीन दिनदेखि बन्द जारी छ । बिहीबारदेखिको बन्दका कारण यातायात, बजार, कलकारना र शिक्षण संस्था ठप्प छन् । यस्तै  पाल्पामा शुक्रबारदेखि फेरि बन्द सुरु भएको छ । बन्दको दोस्रो दिन शनिबार पनि यातायात चलेका छैनन् भने बजार, पसल  एवम् शैक्षिक संस्था ठप्प छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here