गोर्खा लहारीमा माओवादी प्यानल बिजयी

26
Want create site? Find Free WordPress Themes and plugins.

अषाढ,३०-

हेटौंडा औद्योगिक क्षेत्रस्थित गार्खा लहारी प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघको प्यानल बिजयी भएको छ । आज शुक्रबार भएको निर्वाचनमा संघका धर्मदत्त कुँईकेल अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले ७२ र अर्का प्रत्यासी नेकपा एमाले सम्बद्ध समग्र ट्रेड युनियनका कृष्ण प्रसाद ढुङ्गानाले ७१ मत प्राप्त गर्नुभएको थियो ।  उपाध्यक्षमा औद्योगिक मजदुर संघका नारायण महर्जन,सचिव सञ्जिव कार्की सहित नौ सदस्यीय कार्य समिति चयन भएको छ । उद्योगमा एकसय १४६ मजदुर कार्यरत रहेकोमा एकसय ४४ मत खसेको निर्वाचन अधिकृत श्रमि कार्यालय हेटौंडाका प्रमुख श्याम श्रेष्ठले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here