गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ

100
Want create site? Find Free WordPress Themes and plugins.

पुष,२७-

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरका एसपी रामदत्त जोशीले  दिएको जानकारी अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । ‘काेहीले सीम कार्ड दिएको र काेही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको छ’, जोशीले भने ।

यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ । यसैबीच, परिसरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।nगाैचनकाे गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको थियाे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here