ग्रिन टीले बचाउँछ अकाल मृत्युबाट

67
Want create site? Find Free WordPress Themes and plugins.

नियमित रुपमा ग्रिन टी पिउने मानिसहरुमा मुटुरोगसँग जोडिएका विभिन्न खाले स्वास्थ्य समस्याबाट अकालमै मृत्युको खतरा कम हुने एक अध्ययनले देखाएको छ । हालै भएको अध्ययनबाट यो तथ्य प्रकाशमा आएको हो । जापानी वैज्ञानिकहरुले ४० देखि ६९ वर्षसम्मका ९० हजार मानिसमा ४ वर्षसम्म गरेको अध्ययनबाट यस्त निष्कर्ष निकालेका छन् ।

दिनमा केवल एक कप भएपनि ग्रिन टी पिउने महिलामा असामयिक मृत्युको जोखिम १० प्रतिशत कम हुने अध्ययनले देखाएको छ । जबकी दिनमा ६ कप गि्रन टीले मुटु सम्बन्धी रोगबाट हुने अकाल मृत्युको जोखिमलाई १७ प्रतिशतले कम गर्छ ।

अनल्स अफ इपिडिमियोलोजी जर्नलमा छापिएको शोधका अनुसार पुरुषमा पनि ग्रिन टी ले महिलामा जस्तै सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

ग्रिन टी मा उच्च मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ जसलाई पोलीफिनाल्स भनिन्छ । साथै ग्रिन टीमा इपिग्लोकेटेसिन गलेट अर्थात् इजीसीजी भन्ने तत्व पनि पाइन्छ । यो तत्वले रक्तचापलाई सन्तुलित गर्नका साथै सरीरमा बोसो नियन्त्रण गर्न पनि सघाउँछ ।-

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here