घरबहाल संघमा पुनः न्यौपाने

3
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२९-

नेपाल घरवहाल उपभोक्ता संघ मकवानपुरको अध्यक्षमा पुनः नवराज न्यौपाने चयन भएका छन् । शनिबार भएको संघको चौथो साधारणस सभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १० सदस्यीय नयाँ कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा नारायणप्रसाद कडेँल, सचिवमा समिरलाल डंगोल र कोषाध्यक्षमा नवराज उपाध्याय चयन भएका छन् । संघको सदस्यमा शशी श्रेष्ठ, विशाल श्रेष्ठ, जिवनाथ अधिकारी, गिता घिमिरे, ओमदास श्रेष्ठ, कृष्ण चौरेल र भवनाथ नेपाल चयन भएका छन् । अध्यक्ष पदमा पुन चयन भएका अध्यक्ष न्यौपानेले व्यवसायीको हकहित संरक्षण सम्बर्धनको लागि नीति निर्माण तयार गरी अघि बढ्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष नवराज न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव नारायणप्रसाद कडेँलले आर्थिक वर्ष ०७४÷०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घर वहाल सरोकार महासंघका अध्यक्ष संकर कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, वस्तुगततर्फका उपाध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल घरवहाल उपभोक्ता संघ रुपन्देहीका कार्यवहाक अध्यक्ष खगेन्द्र पौडेल, चितवनका अध्यक्ष पवित्रा जोशी, झापाका सचिव सिताराम खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here