घरमाथिबाट पहिरो खस्दा एकै घरका ३ को मृत्यु, ३ घाइते

82
Want create site? Find Free WordPress Themes and plugins.

 असार,१७-

जिल्लाको म्याङलुङ नगरपालिका ५ आम्दिममा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन जना घाइते भएका छन् ।  गएराति दुई बजेतिरको समयमा घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी एउटै घरमा रहेका ५० वर्षे कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षकी प्रिति सोदेम्बा र नाति ९ वर्षका प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  साथै पहिरोमा परेर ३६ वर्षका सोमकुमार सोदेम्बा, २० वर्षका लोकप्रसाद सोदेम्बा र १५ वर्षका प्रिया सोदेम्बा घाइते छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here