घुम्न आएका युवतीलाई सामूहिक बलात्कारको आरोपमा ६ जना पक्राउ

24
Want create site? Find Free WordPress Themes and plugins.

असार ८ – रुपन्देहीमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालीकाका चेतमान थारु, टाईबहादुर चौधरी, गौतम चौधरी, यज्ञबहादुर चौधरी, आशिष चौधरी र होमप्रसाद चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

नेपालगञ्जबाट रुपन्देही घुम्न आएका दुई युवतीमध्ये मध्ये १९ वर्षकी एक युवतीलाई गंगोलियामा लगेर सामूहिक बलात्कार गरेको पीडितले बताएका छन् ।

चेतमानले फकाएर लुम्बिनी लगेर घुमाएपछि खेतमा अरु युवालाई बोलाएर सामूहिक बलात्कार गरे पीडित युवतीले बताएकी छन् । पीडित युवतीको उजुरीका आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here