चट्याङ लागेर दुई जनाको मृत्यु,१० जना घाईते

38
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा,५ असार÷हेटौँडा २८ सेरसेरेमा शनिबार साँझ चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य दुई जना घाईते भएका छन् । घटनास्थलमा प्रहरी टोली पठाईएको र थप जानकारी आउन बाँकी रहेको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताउनुभयो । घटनास्थलमा पुुग्नै करिब पाँच घण्टा हिडेर जानुपर्ने उहाँले बताउनुभयो ।
यता मकवानपुरको सरिखेत–९ सानुभावरमा चट्याङ लागेर आठ जना घाईते भएका छन् । शुक्रबार बेलुका परेको चट्याङ लागेर सात जना र शनिबार दिउँसो परेको चट्याङ लागेर एक जना घाईते भएका स्थानीय रमेश स्याङ्तानले बताउनुभयो । घाईते हुनेहरुमा स्थानीय ३७ वर्षीय माइलिमाया थिङ,३० वर्षीय सरिता लो, ३१ वर्षीय सुमित्रा थिङ, १४ वर्षीय लक्षु मोक्तान, ३० वर्षीय फूलमाया दोङ रहेका छन् । अन्य घाईतहरुमा २९ वर्षीय सानीकान्छी घलान, २५ वर्षीय सपना मोक्तान र ५५ वर्षीय विष्णुमाया थिङ रहेकी छिन् । उनीहरु सबैलाई हेटौँडा अस्पतालमा उपचार गरिएको मकवानपुर प्रहरीले जनाएको छ । घाईतेहरुमध्ये विष्णुमायालाई थप उपचारको लागि भरतपुर पठाइएको अस्पतालले जानकारी दिएको छ ।
बस्ती नजिकै रहेको एनसेलको टावरले तानेर फ्याकेको चट्याङ बस्तीमा पर्दा दुर्घटना भएको स्थानीय उर्गेन लामाले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here