चरेससहित तीन भारतीय पक्राउ

34
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २७ – नारायण–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुरको रामनगरमा ६६ किलो चरेससहित तीनजना भारतीय नागरिक शुक्रबार बेलुका पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मकवानपुरको दामनबाट नौबिसे हुँदै चितवनको बाटोबाट भारततर्फ लैजाने क्रममा बिआर ५५–३०७० नम्बरको गाडीमा चरेस लुकाइछिपाइ लाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । गाडीको चेसिस तल फल्स बटम बनाइ लुकाइ राखेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । त्यस क्रममा गाडीका चालक भारत मोतीहारीका २५ वर्षीय चुन्नु तिवारी, सोही ठाउँ बस्ने २८ वर्षीय सुधीरकुमार दुबे र २६ वर्षीय चन्दन त्रिपाठी पक्राउ परेका छन् । यसअघि उनीहरुले तीनपटकसम्म लुकाइछिपाइ लागुऔषध चरेस लगेको बयान दिएको प्रहरीले जनाएको छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here