चलचित्रको प्रचारको क्रममा कमेडी यात्रा गर्दै छक्का पञ्जा २ युनिट हेटौँडामा

14
Want create site? Find Free WordPress Themes and plugins.

 भदौ,३१-
बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा २ युनिट हेटौँडा आएको छ । असोज ११ बाट देशब्यापी रिलिज हुने चलचित्रको प्रचारको क्रममा कमेडी यात्रा गर्ने शिलशिलामा हेटौँडा आएको युनिटले पत्रकारसँग अन्तरक्रिया समेत गरेको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी निर्देशक दिपाश्री निरौलाले चलचित्र राम्रो बनेको र सामजिक कथाबस्तुलाई समावेश गरि निर्माण गरेको बताईन् । चलचित्रको विषयमा बोल्दै कलाकार तथा निर्माता दिपकराज गिरिले विदेशीने युवाहरुको सपनाको विषय जस्तो गम्भिर विषय पनि चलचित्रमा रहेको बताए ।

चलचित्रले सन्देश दिने विषय हाल समाजमा भैआएको घटना तर कतैपनि उठान नभएको विषय भएकोले आफुहरुले उक्त विषय उठान गरेको उनको भनाई रहेको छ ।  पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु जितु नेपाल, केदार घिमिरे, प्रियन्का कार्की, नेपाल चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, लगाएतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here