चलचित्र ‘गाँठो’ले भिडियो र पेन्टिङ प्रतिस्पर्धा गर्ने

56
Want create site? Find Free WordPress Themes and plugins.

३२ साउन

भाद्र ३१ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्र ‘गाँठो’ले पेन्टिङ र भिडियो प्रतिस्पर्धाको आयोजना गर्ने भएको छ । मङ्गलबार हेटौँडामा पत्रकार समेलनको आयोजना गर्दै ‘गाँठो’ टोलीले यस्तो जनाएको हो । कार्यक्रममा बोल्दै चलचित्र ‘गाँठो’का निर्देशक सुरज भुषालले चलचित्र पेन्टिङसँग सम्बन्धित भएकोले पेन्टिङ प्रतिष्पर्धाको आयोजना गर्न लागिएको बताए ।

मोफसलमा थुप्रै युवाहरुसँग पेन्टिङको कला रहेको तर अवसर नपाएको कारण रहरलाई भित्रभित्रै दबाएर राख्नुपर्ने भएकोले यो प्रतिस्पर्धा महत्वपुर्ण रहेको भुसालले बताए । खुला तर्फबाट उत्कृष्ट पेन्टिङ गर्नेलाई  पचास हजार रुपैँया पुरस्कार राखिएको छ ।  त्यस्तै कलेज तहबाट उत्कृष्ट पेन्टिङलाई पैँतिस हजार पुरस्कार राखिएको छ भने स्कुल तहको उत्कृष्ट पेन्टिङलाई पच्चिस हजार रुपैयाको पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाए ।

निर्देशक भुषाले नेपाली चलचित्रमा पहिलो पटक भिडीयो कन्टेक्स को समेत आयोजना गरिएको र उत्कृष्ट भिडीयो बनाउनेलाई १ लाख नगद पुरस्कार दिईने बताए । चलचित्रले साथिबिचको गाँठोलाई दर्शाएको निर्देशकले बताए ।

कार्यक्रममा चलचित्रको विषयमा जानकारी दिँदै निर्देशक भुषालले यो नेपाली फरक धारमा निर्माण भएको चलचित्र भएको बताए । चलचित्र ३ जनाको कथामा घुमेको बताउँदै चलचित्र अवधिभर दर्शकले पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताए । चलचित्रमा नम्रता श्रेष्ठ, नाजिर हुसेन र अभय बराल लागाएतको भुमिका रहेको छ । चलचित्रमा दिनेश भण्डारी निर्मताको रुपमा छन भने अमृत कोइराला प्रमोसन म्यानेजर रहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here