चलचित्र जीरोमा कसरी पुड्को बने शाहरुख ?

8
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

शाहरुख खान आफ्नो आगामी चलचित्र ‘जीरो’ मा एक पुड्को व्यक्तिको भूमिका निभाउँदैछन् । यस फिल्मको टिजर लञ्चमा शाहरुखले यो भूमिका रच्नका लागि निकै एडभान्स्ड भिजुअल इफेक्टको प्रयोग गरिएको छ । यसलाई बनाउन मात्र दुई वर्ष समय लागेको थियो । निर्देशक आनन्द एल रायको यस चलचित्रमा विभिन्न प्रकारको भिजुअल इफेक्टको प्रयोग गरिएको छ, जसको काम शाहरुखको कम्पनी रेड चिलिज भिएफएक्सले गरेको छ । यसअघि पनि चलचित्र जानेमनमा अनुपम खेरलाई र अप्पु राजामा कमल हसनलाई पनि पुड्को बनाइएको थियो । हलिउडमा यस्तो इफेक्टको धेरै प्रयोग हुने गरेको छ ।

फोर्स्ड पर्सपेक्टिभ

‘फोर्स्ड पर्सपेक्टिभ’ मा अप्टिकल इल्यूजनको मद्दतले कुनै वस्तुलाई सानो , ठूलो, टाढा वा नजिक देखाउन सकिन्छ । यस्तो प्रविधि हामी सामान्य रुपमा पनि गर्छौँ, जस्तै हातमा ठूलो भवनलाई उचालेको जस्तो गरेर फोटो खिच्ने वा कुनै भवनलाई सानो देखाएर । शाहरुखको चलचित्रमा यस्तो इफेक्ट देखाउन विदेशबाट समेत विशेषज्ञहरु बोलाइएको छ । हलिउडको चलचित्र द हबिट, लर्ड अफ द रिङ्ग्स आदिमा कयौँ व्यक्तिलाई पुड्को देखाइएको थियो । लर्ड अफ द रिङ्गमा छानो र ठूलो कद भएका पात्रहरुको अलग अलग सुटिङ गरेर पछि एकै साथ मिक्सिङ गरिएको थियो ।

क्रोमा

यसको साथै चलचित्रमा क्रोमाको पनि प्रयोग गरिएको छ । यसमा हरियो पर्दामा सुटिङ गरेर ब्याकग्राउण्ड परिवर्तन गरिन्छ । शाहरुखले जिरो फिल्मको टिजर रिलिज गर्न अघि सुटिङको एउटा तस्विर ट्वीट गरेका थिए जसमा क्रोमाको प्रयोग भएको देख्न सकिन्छ । शाहरुखको यो चलचित्रमा अनुष्का शर्मा र कटरीना कैफको पनि मुख्य भूमिका रहनेछन् । यो चलचित्र सन् २०१८ को डिसेम्बर २१ मा रिलिज गरिनेछ ।

-एजेन्सी

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here