चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को व्यापार राम्रो

36
Want create site? Find Free WordPress Themes and plugins.

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को व्यापारले निर्देशन दीनेश डीसी आशातित देखिएका छन् । शुक्रबार कमजोर ओपनिङ गरेको यो फिल्मले शनिबार भने अधिकांश हलमा ८० प्रतिशतसम्मको अकुपेन्सी देखिएको दीनेशले बताएका छन् ।

काठमाण्डौका मल्टिप्लेक्समा शो कम पाएका कारण पनि फिल्मको ओपनिङ गजबको हुन सकेन । निर्देशक डीसी भन्छन्-‘शनिबारबाट फिल्म केही उकालो लागेकाले पनि सोमबार, मंगलबार र वुधबारको बिदामा व्यापारले धेरै नै फाइदा दिनेमा विश्वस्त छु । ‘ उनले फिल्मको कथावस्तुलाई दर्शकले मन पराएकोमा खुशी समेत व्यक्त गरेका छन् ।

फिल्मका मुख्य २ पात्र नीता ढुंगाना र आमेष भण्डारीको कामलाई भने फिल्म हेर्नेले तारिफ गरेका छन् । यो फिल्मबाट रजतपटमा डेब्यू गरेका नव-नायक आमेष भण्डारीले एक्सनदेखि अभिनयमा राम्रो काम गरेका छन् । नायिका नीता ढुंगानाको दोहोरो भूमिकाले पनि दर्शकलाई सन्तुष्ट बनाउाछ । प्रहरी र नायिकाको भूमिकामा देखिएकी नीताले दर्शकलाई होल्ड गरेकी छिन् ।

छिरल्लिएको कथावस्तुका कारण चलचित्र केही स्थानमा बहकिएको छ । कथावस्तुको चयन राम्रो भएपनि निर्देशक डीसीले चलचित्रको पटकथामा विशेष ध्यान दिन सकेका छैनन् । चलचित्रमा दीनेशले आफ्नो पीआरलाई राम्रै प्रयोग गरेको देखिन्छ । चलचित्रले सोमबारदेखि वुधबारसम्मको बिदालाई राम्रैसाग उपभोग गर्न सकेको खण्डमा कलाकारदेखि निर्माता र निर्देशकलाई पनि फाइदा हुने देखिन्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here