चार मिनेटमा तीन गोल, म्यानचेस्टर युनाइटेडको शानदार जित

16
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,३–

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेल जितेको छ । शनिबार बेलुका भएको खेलमा युनाइटेडले स्वान्सी सिटीमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।  अवे मैदानमा भएको खेलमा ४५ औं मिनेटमा एरिक बेलीले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लियो ।  जोसे मोरिन्होको टिम युनाइटेडले दोस्रो हाफमा थप तीन गोल ग¥यो, त्यो पनि चार मिनेट भित्रमा । ८० औं मिनेटमा रामेलु लुकाकु ८२ औं मिनेटमा पउल पोग्बा तथा ८४ औं मिनेटमा एन्थोनी मार्शलले गोल गर्दै ४–० को जित दिलाए ।   यसअघि यो सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई पनि ४–० ले नै हराएको थियो । दुई खेलबाट ६ अंक जोडेको युनाइटेड शीर्ष स्थानमा छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here