चितवनमा डेंगुबाट सङ्क्रमण हुनेको सखां ६५३ पुग्यो

175
Want create site? Find Free WordPress Themes and plugins.

चितवनमा डेंगु रोगबाट एक बालिकाको मृत्यु भएको छ। नेपालमै सबैभन्दा बढी डेंगु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो।  पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।  चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार्यालय चितवनले मंसिर २ गते बिहीबार मात्रै पुष्टि गरेको हो। केसीले दिएको जानकारीअनुसार चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा यो वर्ष डेंगु सङ्क्रमण प्रकोपका रुपमा बढ्दो छ। चितवनमा यो वर्ष गएको भदौ पहिलो सातादेखि डेंगु रोगको प्रकोप फैलिएको थियो।  जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले अहिलेसम्म डेंगुबाट चितवनमा ६ सय ५३ जना बिरामी फेला परेको जानकारी दिए। केही बिरामी बाहिरी जिल्लाका भए पनि अधिकांश चितवनका छन्। चितवनको पनि रत्ननगरका स्थानीयवासी बढी प्रभावित छन्।  एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु रोग सर्छ। यो लामखुट्टे कुनै पनि भाँडोमा जमेको सफा पानीमा फुल पार्ने भएकाले यसरी पानी जम्न दिन नहुने चिकित्सक डा. भोजराज अधिकारी बताउँछन्।  कडा ज्वरो आउने ज्यान दुख्ने, ठाउँठाउँमा बिमिरा देखिने तथा टाउको दुख्ने यसका लक्षण हुन्। डेंगुको खास उपचार छैन। लक्षण हेरेर चिकित्सकको निगरानीमा उपचार गराउँदा निको हुन्छ। झोलिलो पदार्थ खाने, आराम गरेर चिकित्सकको निगरानीमा औषधि लिँदा एक साताभित्रमा रोग निको हुने भएपनि लापरबाही गरेर मेडिकलबाट जथाभावी औषधि लिँदा जटिल भएर मानिसको ज्यान जान सक्ने चिकित्सकले बताएका छन्।  जिल्लामा डेंगु फैलिएपछि अहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने भदौयता दुईपटक रोग सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइसकिएको छ। जाडो सुरु भएसँगै सङ्क्रमण दरमा केही न्यूनीकरण आएको तर जोखिम नघटेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यो रोग लागेपछि मानिसको शरीरमा प्लेटलेटको मात्रा घट्दै जान्छ।  रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलले अहिले डेंगु रोग केही मात्रामा घटेको बताए। चितवनमा २०६७ सालमा डेंगुको महामारी हुँदा सातसय ३९ जनामा सङ्क्रमण भएको थियो भने पाँचजनाको मृत्यु भएको थियो।  विसं २०६९ सालमा पनि एकजनाको मृत्यु भएको थियो। अहिले पनि सङ्क्रमणदर झन्डै सातसय पुग्न थालिसकेको छ। जिल्लामा अहिले स्क्रब टाइफस रोगसमेत नेपालमै सबैभन्दा बढी छ। उक्त रोगका कारण छजनाले ज्यान गुमाएका छन् भने चारसय ९४ जना बिरामी परेका छन्।

टोली नमुना सङ्कलन गरेर फर्कियो 

डेंगु, मलेरियालगायत कीटजन्य रोगको अनुसन्धानका लागि चितवन आएको विज्ञको अध्ययन टोली नमुना सङ्कलन गरेर तीन दिनपछि फर्किएको छ। अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टरसहितको टोली चितवन आएर तीन दिनसम्म अनुसन्धान गरेको थियो।  चितवनको पटिहानीमा टोलीले भेक्टर सर्भे गरेर लामखुट्टे तथा भुसुनाको नमुना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन गर्न टोली आएको कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए। चितवनको पटिहानीमा अघिल्लो आर्थिक वर्षमा डेंगु रोगका कारण एकजनाको ज्यान गएको क्षेत्रमा गएर टोलीले सर्भे गरेको हो। मुख्यगरी डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययनका लागि टोली आएको थियो। प्रयोगशालामा परीक्षण पछि अवस्था थाहा हुने टोलीले जनाएको छ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here