चितवनमा दुई वटा दुर्घटना : एकको मृत्यु, २८ घाइते

38
Want create site? Find Free WordPress Themes and plugins.

असोज २– आइतबार चितवनमा छुट्टा छुट्टै स्थानमा भएकोे दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  २८ जना घाइते भएका छन् । चितवनको रत्ननगर नगरपालिका–७ स्थित टिकौली जंगलमा आइतबार दिउँसो ट्रक र एम्बुलेन्स ठोक्किदा एक जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ज्यान जानेमा एम्वुलेन्समा सवार रत्ननगर–१ का माधव चौधरी रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक डिएसपी नारायण रञ्जितकारले जानकारी दिनुभयो । नारायणगढबाट टाँडी तर्फ जाँदै गरेको ना ६ ख ४५७२ नम्बरको ट्रकले टाँडीतर्फ नै जाँदै गरेको गरेको ग २ च १२७१ नम्वरको एम्वुलेन्सलाई ठक्कर दिएको थियो । यसैगरी चितवनको स्मल हेभन बोर्डिङ स्कूलको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । विद्यालय छुट्टी भएपछि विद्यार्थी पर्‍याउन हिडेको बस स वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नजिकै दुर्घटनामा परेको हो । घाइतेहरको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here