चिनियाँ राजदूतद्रारा विद्यादेवी भण्डारीलाई बुझाइन् ओहोदाको प्रमाणपत्र

52
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२५
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी छन् । शितल निवासमा विहीबार आयोजित विशेष समारोहमा राजदूत यु होङले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । चिनियाँ राजदूतसँगै नेपालका लागि कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले पनि आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालका लागि कतारका राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायल हुन् भने नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेन हुन् । त्यसैगरी, राष्ट्रपतिसमक्ष नेपालका लागि क्युबाका गैरआवासीय राजदूत अस्कर इजरेल मार्टिनिज कार्डोभेसले पनि ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नयाँदिल्लीस्थित क्युबाली राजदूतावासले नेपाल मामिला हेर्दै आएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here