चीनले ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्यो

36
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१५

चीनले तिब्बतमा आफ्नो जलविद्युत परियोजनाका लागि ब्रहृमपुत्रको एक सहायक नदीको पानी रोकेको छ । ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्ने खबर यस्तो समयमा आएको छ, जब भारतले पाकिस्तानसँग वर्षौं पहिले भएको सिन्धु जल सम्झौतामा पुनर्विचार गर्ने बताइरहेको छ । भारत प्रशासित जम्मू कश्मीरको उरीमा चरमपन्थी आक्रण भएपछि एक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए कि रगत र पानी एकसाथ बग्न सक्दैन ।’ समाचार एजेन्सी सिन्हृवाका अनुसार यसबाट विजुली निकाल्ने चीनको योजना छ । साथै यो पानीको प्रयोग सिंचाईका लागि गरिनेछ भने यसले बाढी रोक्न पनि मदत गर्ने चीनको विश्वास छ । तर, भारत र बंगलादेश भने चिन्तित छन् । किनकी चीनले नदी रोक्दा उनीहरुको इलाकामा रहने लाखौ मानिसको पानीकोे आपूर्तिमा अवरोध आउनेछ । चीनबाट आउने ब्रहृमपुत्र नदी भारतको पूर्वोत्तर राज्य अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म जान्छ । सिन्हृवाका अनुसार चीनले यो जलविद्युत परियोजनामा २०१४ बाट काम सुरु गरेको थियो । र, २०१९ मा सम्पन्न हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here