चुनावका लागि सुरक्षा व्यबस्था मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन

25
Want create site? Find Free WordPress Themes and plugins.

चैत,४–

निर्वाचन आयोगले चुनावका लागि भरपर्दो सुरक्षा व्यबस्था मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ । आयोगले सुरक्षासम्बद्ध सबै उच्च अधिकारीलाई आयोगमा बोलाएर शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो । चुनावका लागि चाहिने सामग्री जिल्ला सदरमुकाम हुँदै गाउँगाउँसम्म पु¥याउनु पर्ने भएकाले सुरक्षाका विषयमा संवेदनशील बन्न सुरक्षा निकायलाई आग्रह गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । गृह सचिव लोकदर्शन रेग्मीले सुरक्षा रणनीतिबारे जानकारी दिँदै शान्ति व्यवस्था कामय गर्न कुनै कसर बाँकी नराख्ने आयोग समक्ष प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्रालयले तयार पारेको सुरक्षा रणनीतिमा मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्ग विभाजन गरेको छ । चुनावी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपाली सेनासमेत परिचालित हुनेछन् । चुनावको सुरक्षाका लागि सरकारले दुई लाख २६ हजार सुरक्षाकर्मी र ६० हजार म्यादी प्रहरी खटाउने तयारी गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here