चुनावी प्रचारका लागि कांग्रेस सभापतिसहित शीर्ष नेता २ नम्बर प्रदेशमा

13
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२७–

नेपाली कांग्रेसका शीर्ष नेता चुनावी प्रचारका लागि २ नम्बर प्रदेशमा पुगेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मंगलबारदेखि स्थानीय तहको तेस्रो चरणमा चुनाव हुने प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका हुन् । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवासहित शीर्ष नेता २ नम्बर प्रदेशमा हुने चुनावी कार्यक्रममा सहभागी भएर भदौ ३० गते काठमाडौं फर्कर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चुनावी कार्यक्रम अनुसार पार्टी सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले मंगलबार सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ । सप्तरीको कार्यक्रम पछि कांग्रेस नेताहरु सिरहा जाने कार्यक्रम रहेको छ । मंगलबार नै हुने सिराहाको  चुनावीसभामा पनि कांग्रेसका तीनैजना नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सिरहाको कार्यक्रम पछि मंगलबार नै सभापति देउवासहित कांग्रेसका शीर्ष नेताहरु जनकपुर जानेछन् ।  बुधबार धनुषा र महोत्तरीमा हुने कार्यक्रमलाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भदौ २९ गते बिहीबार कांग्रेसका शीर्ष नेताले सर्लाही र रौतहटमा हुने  चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।  भदौ ३० गते शुक्रबार बारा र पर्साका विभिन्न कार्यक्रममा सहभागी भएर शीर्ष नेता काठमाडौं फर्कने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here