चोरी मुद्धामा फरार रहेका हेटौंडाका शिव जेल चलान

86
Want create site? Find Free WordPress Themes and plugins.

साउन,९-

मकवानपुर जिल्ला अदालतले २ वटा चोरी मुद्धामा कैद र जरिवाना तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का शिव परियारलाई आईतबार भिमफेदी कारागार चलान गरिएको छ ।  मकवानपुर जिल्ला अदालतको मिति २०७३ पुष १८ गतेको फैसलाले चोरी मुद्दामा ३ महिना कैद ४ हजार ५ सय जरिवाना तोकी फरार रहेको र पुन मकवानपुर जिल्ला अदालत कै फैसलाले चोरी मुद्दामा नै सोही मितिमा १ महिना कैद र १४ हजार जरिवाना तोकी फरार रहेका उनलाई मकवानपुर प्रहरीले आईतबार नियन्त्रणमा लिएको थियो ।

उनकै घरबाट नियन्त्रणमा लिएपछि अदालतमा पेश गरिएको र सजाय भुक्तानको लागी कारागार कार्यालय भिमफेदीमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here