चौतर्फी आलोचना भएपछि हेटौँडाका मेयरले मुख खोले

5
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,१-

नगर विकासको जग्गा ३ नम्बर प्रदेशका सांसदहरुलाई सस्तो र किस्ता बन्दीमा दिने भन्ने हल्ला भएपछि त्यसको बचाउ गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सस्तोमा नभई चलनचल्तीकै भाउमा दिने निर्णय भएको बताएका छन् । हेटौंडा नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा तीन नंम्बर प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा दिने सर्बदलिय छलफल भएको हेटौंडा उपमहानगरपालिकाले स्पष्ट पारेको हो । सबै सर्बदलिय सर्बपक्षिय बैठकले हेटौंडा नगर विकास समितिको स्वामित्वमा हेटौंडा ८ कमानेमा रहेको जग्गा यस प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा मात्र दिने भनिएको मेयर हरिबहादुर महतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुनैपनि सांसदलाई सित्तैमा र सस्तोमा घडेरी दिने कदापी नभनेको बताउँदै यहाँकै चलनचल्तीको मुल्यमा नगर विकास समितिका अध्यक्ष राजिब सुबेदीको अध्यक्षतामा बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले पाँच बर्षभित्रमा पैसा चुक्ता गर्न पाईने तर पैसा चुक्ता गरेपछी मात्र घडेरी पास गरिदिने भनेर निर्णय भएको मेयर महतको विज्ञप्तिमा भनिएको छ । सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा त्यसका बारेमा बुझाईमा कठिनाई भएको हुन सक्ने उनको भनाई छ । मेयर महतले किस्ताबन्दीमा घडेरी खरिद गर्न चाहने सांसदहरुका लागि मात्र यस्तो योजना बनेको उनले बताएका छन् । सबै सांसदलाई जग्गा दिने भन्ने कुरा भ्रम मात्र रहेको बताइएको छ । सांसदहरुलाईआफुहरुले लोभ देखाउन नखोजेको जारी विज्ञप्तीमा उल्लेख छ । नगरविकासले वर्षौँ अघि पनि आम सर्बसाधरणलाई घडेरी बिक्री गरेको र त्यही मोडलमा बिक्री गर्नका लागि छलफल भएको उनले स्विकारेका छन् ।

‘राम्रो र सफा मनसायले सांसदलाई घडेरी बिक्री गर्ने भनिएको हो, हामीले गलत काम गर्न खोजेका होईनौँ’ जारी बिज्ञप्तीमा उल्लेख छ । अस्थायी राजधानीलाई तीन नंम्बर प्रदेशको सरकार र संसदले स्थायी बनाउनेमा आसा र विश्वास रहेको समेत मेयर महतले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘यस प्रदेशका ११० जना सांसदज्युहरुले यस अस्थायी राजधानीलाई स्थायी बनाउन कुनै कसर बाँकी राख्नुहुने छैन भन्नेमा हामी आसावादी छौँ ’ यस प्रदेशका विभिन्न १३ वटा जिल्लाबाट आउनुभएका सांसदहरुलाई सधै अरुको भाडाको घरमा बसेर कठिनाई भोग्न नपरोस भनेर अहिले पनि हेटांैडाका एक दर्जन सरकारी कार्यालयका क्वाटरहरु प्रयोग बिहीन भएकालाई प्रयोग गर्ने र भवनहरुको पनि संरक्षण गर्ने भनिएको हो ।’ मेयर महतले भने ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here