छक्का पञ्जा २ को टिजर युट्युबमा(भिडियो)

177
Want create site? Find Free WordPress Themes and plugins.

बहुचर्चित नेपाली कथानक चलचित्रको सिक्वेल ‘छक्का पञ्जा–२’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ । पहिलो चलचित्रको ट्रेलरकै झल्को दिने गरि कलाकार बुद्धि तामाङ र दिपकराज गिरीको हँसाउने संवादले टिजरलाई कमेडी बनाएको छ । चर्चित गीत ‘साईली’को प्रसङ्ग राख्दै टिजरमा ४० वर्ष कट्नुभन्दा अगाडि नै साईलीलाई राजाले घुमाउने कुरा गरेका छन् । यो समाचार तयार पार्दासम्म यो टिजरलाई १२ हजार  सय पटक हेरिएको छ ।

असोज ११ गते प्रदर्शनमा आउने गरी तयार भईरहेको चलचित्रमा दिपकराज गिरी, प्रियङ्का कार्की, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरी पौडेल, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ ।
आमा सरस्वती गीतादेवी फिल्म्स् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा दिपा श्री निरौलाको निर्देशन रहेको छ । चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन र रोशन श्रेष्ठको द्वन्द रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here