छुट्टाछुट्टै सवारी दुर्घटनमा एकको मृत्यु चार घाइते

59
Want create site? Find Free WordPress Themes and plugins.

मकवानपुरको मनहरी र कुलेखानी गाविसमा सोमबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनमा एकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।

दिउँसो करिब साढे चार बजे मनहरी�३ स्थित बसपार्कबाट कालिकाटारतर्फ जान लागेको ना.२ ख ५०२ नम्बरको बस �ब्याक� गर्ने क्रममा अचानक पल्टिँदा उक्त बसले थिचेर सहचालक कालिकाटार�१ का १८ वर्षीय विष्णु प्रजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बसका चालक सामान्य घाइते छन् ।यसैगरी, वीरगञ्जबाट�काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २१०५ नम्बर सुमो कुलेखानी�६ स्थित सिमखोलामा पल्टिँदा तीनजना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here