छुट्टा छुट्टै घटनामा ४ को मृत्यु

34
Want create site? Find Free WordPress Themes and plugins.

२० फागुन, काठमाडौं । बाँके, कपिलबस्तु र सुनसरीमा भएका छुट्टा छुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बाँकेमा ट्रकको ठक्करबाट बिहीबार दुईजनाको मृत्यु भएको छ ।

बाँकेको गनापुर-७ पिपरहवा चोकमा ना ३ ख ९२७४ नम्बरको ट्रक र भे ५ प ७८०७ नम्बरको मोटरसाइकल बिहीबार ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ बस्ने २२ वर्षीय श्यामलाल गुप्ता र मोटरसाइकलमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय अनिल नेपालीको मृत्यु भएको हो ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी कपिलवस्तुको पतरिया-७ सोहसा बस्ने २० वर्षीय रामबहादुर थारुको छिमेकीको कुटपिटबाट बिहीबार मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने १९ वर्षीय जंगबहादुर थारु र उनका बुवा ३९ वर्षीय सेसमान थारुले फागुन १५ गते रामबहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रामबहादुरलाई उपचारको लागि बुधबार भैरहवा मेडिकल कलेज लगिएको थियो । अस्पतालले साधन सम्पन्न अस्पताल लैजान रिफर गरेपनि परिवारका सदस्यहरुले घरमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सुनसरीको इटहरी-३ बुढीखोलाको बगरमा इटहरी-२ बस्ने मिना भुजेलकी छोरी १३ वर्षीया सपना भुजेल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here