छोराको विवाह भोज खर्च मानवसेवा आश्रमलाई

88
Want create site? Find Free WordPress Themes and plugins.

असार,२२-

मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्टले आफ्नो छोराको बिवाह भोजमा खर्च गर्ने रकम मानव सेवा आश्रमलाई बुधबार हस्तान्तरण गरेका छन् ।  उनको जेठो छोरा बिहंगत बिष्ट र बुहारी दुर्गा कार्कीको बिवाह पछी गरिने बिवाह भोजको ५ लाख ११ हजार एक सय ११ रुपैयाँ हेटौडाको मानब सेवा आश्रमको भवन निर्माणका लागि सहयोग गरेका हुन् । उनले आश्रमको हेटौडा ९ लामसुरेधापमा निर्माणाधिन भवन निर्माणका लागि केही भनेपनि सहयोग गर्ने उदेस्यले रकम सहयोग गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत बिहंगत र म्याग्दीको जिल्ला वन कार्यालयमा सहायक वन अधिकृतको रुपमा कार्यरत दुर्गा बिच यही असार १९ गते पोखरामा बिवाह भएको थियो । बिवाह गरिसकेपछी भोज गर्ने परम्परालाई तोड्दै बिष्टले रकम आश्रमलाई सहयोग गरेका हुन् ।

बुधबार चेक मार्फत बिष्ट परिवारले मानब सेवा आश्रमका संरक्षक डाक्टर गोबिन्ट टण्डन र आश्रमका प्रमुख रामजी अधिकारीलाई रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बिष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको लाईबेरी निर्माण गर्नका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । त्यसैगरी कैलाश गाउँपालिकामा बर्षौँसम्म ओढारमानै बिताउन बाध्य भएका स्वर्गिय जयपति चेपाङको मूर्ति निर्माण गर्नका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । दुबै घोषणा कार्यन्वयनको काम सुरु भएपछी सहयोग रकम हस्तान्तरण गरिने पत्रकार बिष्टले बताए । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फजुल खर्च गर्ने रकम आश्रमको मानबिय काममा खर्चगर्नु प्रसंसनिय भएको बताए । आज भन्दा २० बर्ष अगाढी पनि आफुले छोरीको बिवाह गर्दाको रकम मानबिय सेवामा खर्च गरेको उदाहरण दिदै उनले त्यतीबेला बिवाहको रकम मानबिय क्षेत्रमा खर्च गर्दा धेरैले राम्रो नमानेको तर अहिले सबैले राम्रो रुपमा हेर्ने गरेको बताए । ‘अब हेटौडामा  फजुल खर्च गर्नुभन्दा पनि यस्तै मानबिय क्षेत्रमा खर्चगर्नका लागि ध्यान जानुपर्ने छ,’ उनले भने ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले हेटौडा मानबयि शहरको रुपमा अगाढी बढिरहदा यो रकम सहयोग गर्नु उदाहरणिय काम भएको बताए । मानब सेवा आश्रमका संरक्षक डाक्टर गोबिन्ट टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा स्कुलअफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, समाजसेवी देबप्रसाद श्रेष्ट लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्रीप्रसाद लंसाल, नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, पुर्ब सभापति रामचन्द्र अर्याल माईकल, माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाल उद्योग बाणिज्यसंघका केन्द्रीय सदस्यहरु राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, नारायणी यातायात ब्याबसायी संघ हेटौडाका अध्यक्ष बद्रीप्रसाद चौलागाई, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकाश अधिकृत रामकृष्ण थापा, हेटौडा ४ का वडाअध्यक्ष नबिन सिग्देल, वडानंम्बर १ का अध्यक्ष सबिन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here