जतिसक्दो धेरै बच्चा जन्माउनुस्

168
Want create site? Find Free WordPress Themes and plugins.

हामीकहाँ जनसंख्या वृद्धि नियन्त्रणका लागि सरकारले कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई निशुल्क गर्भनिरोध लगायतका सुविधा दिने गरेको छ । तर उता दक्षिण कोरिया सरकारले भने आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउने खालका विभिन्न उपाय निकालेको छ । देशमा घट्दो जन्मदरका कारण सरकार चिन्तित छ । कोरियन हेराल्ड पत्रिकाका अनुसार प्रजनन सम्बन्धी समस्याको उपचार लगायतमा अब सरकारले आर्थिक सहयोग गर्नेछ, दम्पतिहरुलाई । सरकारी सहयोग सेप्टेम्बर महिनाबाट सुरु हुनेछ र सबै आय वर्गका मानिसहरु यो सहयोगको दायरमा पर्नेछन् । सन् १९६० को दशकपछि दक्षिण कोरियामा जन्मदरमा तिव्र रुपमा गिरावट आएको छ । हालैका वर्षहरुमा जन्मदर बढाउने कार्यक्रमका लागि सरकारले करोडौँ डलर खर्च गरेपनि तात्विक अन्तर देखिएको छैन । त्यहाँका स्वास्थ्यमन्त्रीले जन्मदर बढाउनका लागि हरसम्भव कोसिस गर्नु आवश्यक रहेको बताएका छन् । सरकारी नयाँ व्यवस्था अनुसार प्रजनन सम्बन्धी उपचार गराइरहेका जागिरे मानिसहरुका लागि अर्को वर्ष जुलाई महिनादेखि तिन दिनको अवैतनिक विदा समेत दिइनेछ । त्यस्तै दोश्रो बच्चा जन्माउने पिताका लागि दिइने पितृत्व अवकाशबापतको रकम पनि बढाइने घोषणा सरकारले गरेको छ । त्यस्तै तिन भन्दा धेरै बच्चा जन्माउने घर परिवारका लागि सार्वजनिक शिशु हेरचाहको सुविधा प्रदान गर्नमा प्राथमिकता दिइनेछ । विज्ञहरुका अनुसार कोरियामा जन्मदर घट्नुमा समस्या पैसाको नभै त्यहाँको कर्पोरेट संस्कृतिको हो । कोरियामा कर्मचारीहरुलाई निकै धेरै घण्टा काम गराइन्छ, जसका कारण उनीहरुलाई सन्तान उत्पादन कार्यमा ढुक्क सँग लाग्ने मौका नै प्राप्त हुँदैन र बच्चा जन्मिइसकेपछि त्यसलाई हेरचाह र पालनपोषणको लागि समय निकाल्न पनि नसकिने ठानेर मानिसहरु बच्चा जन्माउने इच्छा गर्दैनन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here