जनसेवाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

55
Want create site? Find Free WordPress Themes and plugins.

असोज १८÷ जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पदमपोखरीको २३ औँ वार्षिक साधारण सभा आज (मंगलबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसुदन नेपालको सभाअध्यक्षता तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका व्यवस्थापक रामहरी पोखरेलले जानकारी दिनुभएको छ । हेटौंडा–१२ बुद्ध मा.वि. मा भएको कार्यक्रममा पशु सेवा उपकेन्द्र पदमपोखरीका प्रमुख मधुविलास न्यौपाने, पदमपोखरी प्रहरी चौकीका प्रमुख बुद्धि चौधरी, मेनकाइन्ड भेट कम्पनीका बजार प्रबन्धक मोहन वाईबा, श्रीपञ्चमी बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष टोलप्रसाद दंगाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव अकबर थापा मगरले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका व्यवस्थापक रामहरी पोखरेलले संस्थाको आर्थिक वर्ष २०७२÷७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here