जबरजस्ती राजधानी अन्यन्त्र लगेमा आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने भनाई:ईन्द्रबहादुर बानियाँ

7
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताएका छन् । बैठकमा बोल्दै उनले हेटौँडा नै प्रदेश राजधानी बन्ने विभिन्न तर्कहरु पेश गर्दै यसलाई अस्थायी राजधानी बनाएकोमा सरकारलाई धन्यवाद दिए । उनले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र लैजान प्रयास नगर्न चेतावनी समेत दिए । जबरजस्ती राजधानी अन्यन्त्र लगेमा आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने उनको दाबी छ । उनले ३ नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने हो भने बहुमतका आधारमा निर्णय लाद्न नहुने तर्क राखे । यसलाई ठूलो दलहरुले सोच्नु र बुझ्नु जरुरी रहेको उनले बताए । ‘दल सानो हुनसक्छ, ठूलो हुनसक्छ । तर, अल्पमतको आवाज सुन्नुपर्छ । मुलुक सम्बृद्ध बनाउने हो भने सोच र व्यवहारमा उदार हुनुपर्छ ’ उनले भने । ‘सबैको देश, सबैको संविधान बनाउन सहमति, सहकार्य र एकतालाई बिर्सन हुँदैन ।’

चन्द्र घलान

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here