जवानी देखाउन यसरी साँढे मारेर रगत पिउँछन् तन्नेरीहरु

57
Want create site? Find Free WordPress Themes and plugins.

अफ्रिकी महादेशका आदिवासीहरुका कतिपय संस्कार तथा परम्पराहरु निकै नै भयानक तथा अनौठा लाग्ने खालका हुन्छन् । केन्याको रिफ्ट भ्यालीमा बसोबास गर्ने एक आदिवासी समुदायमा पनि अनौठो प्रचलन छ । उक्त परम्परा अनुसार आफ्नोे जवानी प्रमाणित गर्नका लागि १८ देखि २० वर्षसम्मका युवकहरु क्रुरतापूर्वक साँढेलाई मारेर रगत पिउँदछन् ।

यसरी तन्नेरीहरुले साँढेलाई मारिरहँदा युवतीहरु पनि नाचगान गरेर खुसी मनाइरहेका हुन्छन् । पोकोट आदिवासी समुदायमा युवाहरुले साँढे मारेर जवानी देखाउने यो परम्परालाई निकै महत्व दिइएको हुन्छ । साँढेका अलावा गाइ, बाख्रा, भेँडा, उँट तथा गधालाई पनि मार्ने गरिन्छ । यसलाई स्थानीय भाषामा सपाना भनिन्छ ।

जनावरलाई मारिसकेपछि उसको पेटबाट निकालिने गोबरलाई युवाहरुले आफ्नो सरीरमा दल्छन् । सपाना संस्कार पूरा गरेपछि युवाहरुले समाजमा कतिपय अधिकार ग्रहण गर्न पाउँछन् जो पहिला पाएका हुँदैनन् । केन्यामा यो आदिवासीको संख्या ६ लाख २० हजार छ ।

धेरै युवाहरु कामको खोजीमा सहर पसेकाले सपाना परम्परालाई निरन्तरता दिने युवाहरुको संख्या भने घट्दै गएको छ । एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here