जाडोमा सताउने ७ रोग हेर्नुहोस

24
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२१-

जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ :

डा. लोचन कार्की, जनरल फिजिसियन

विशेषतः जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ :

निमोनिया 
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ ।

ज्वरो, रुघाखोकी
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।

जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बुढाबुढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या वेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।

एलर्जी 
जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ । चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्नेजस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । छालाको एलर्जीले जटिल समस्यासम्म निम्त्याउन सक्छ ।

बाथ, जोर्नी दुख्ने 
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् ।

यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

पिनास
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ ।

टन्सिल
टन्सिल पनि जाडोमा निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ ।

दम, मुटुरोग 
जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन् । यस्तो वेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ । जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन् । खासगरी बुढाबुढीलाई सताउँछ । बच्चामा अस्तीमा भन्ने रोग देखा पर्छ । यो जाडोमा निम्तिने एकप्रकारको एलर्जी हो । यो एलर्जीले सास फेर्न असहज बनाउँछ र बिस्तारै मुटुमा पनि समस्या देखापर्छ । आकस्मिक निधनका घटना पनि चिसो मौसममै बढी देखा पर्छ ।

नयाँ पत्रिकाबाट

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here