जाडो मौसममा यस्तो गर्नुहोस्, १० दिनमै तौल कम हुनेछ

24
Want create site? Find Free WordPress Themes and plugins.

पुस,८– 

यदि तपाईको शरीरको तौल बढिरहेको छ भने डराउनुपर्ने जरुरी छैन । शरीरको तौल कम गर्न न त तपाईंलाई कुनै जीममा पसिना बगाउनु जरुरी छ न त भोकै रहेर डाइटिङ गर्नु पर्नेछ । मात्र एक कप चियाले तपाईंको समस्यालाई दूर गरिदिने छ । तर चिया भने विभिन्न प्रकारको हुने छ । आज हामी तपाईंलाई यस्ता ५ प्रकारका चियाको बारेमा बताउँदै छौं, जसले तपाईंको तौल त बढ्न दिने छैन नै शरीरमा जम्मा भएको बोसो समेत कम हुने छ । यसका लागि तपाईंले यस्तो चिया दिनको २–३ पटक पिए पर्याप्त हुन्छ ।

दालचिनी निया
तातो पानीमा दूध, चिया पत्ति र दालचिनी पाउडर हाल्नुहोस् । पाँच मिनेटसम्म उमाले पछि यसलाई छानेर पिउनुहोस् । यसमा हुने पोलिफेनाल्स नामक तत्वले शरीरमा रहेको बोसोलाई घटाउने छ ।

जिराको चिया
उम्लिरहेको पानीमा जिरा हाल्नुहोस् । केही छिनपछि छान्नुहोस् । त्यसपछि यसमा कागतीको रस या मह हालेर पिउनुहोस् । यसले शरीरमा क्यालोरीको मात्रालाई घटाउने  छ । जसबाट तपाईको शरीरको अनावश्यक तौल घट्ने छ ।

कालो मरिचको चिया
यो चिया पिउनका लागि तातो पानीमा कालो मरिच र अदुवा हालेर उमाल्नुहोस् । अब यसलाई छान्नुहोस् र कागती रस या मह हालेर पिउनुहोस् । यसमा हुने पाइपेरीन नामक तत्वले शरीरमा रहेको बोसोलाई पगाल्ने छ ।

ज्वानोको चिया
गरम पानीमा ज्वानो, अलैंची, सुप र अदुवा हालेर उमाल्नुहोस् । यो चियामा राइबोफ्लेविन नामक तत्वको मात्रा हुन्छ । जसले शरीरमा रहेको बोसो घटाउन मद्दत पुग्छ ।

कागती चिया 
पानीमा चिया पत्ति, कागतीको रस र दालचिनी हालेर उमाल्नुहोस् । अब यसलाई छानेर पिउनुहोस् । यसमा डी–लेमोनोन नामक तत्व पाइन्छ । जसले धेरै छिटो बोसो घटाउँछ ।

-एजेन्सी

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here