जापानी टोलीमाथि नेपालको सानदार जित, नवयुगले गरे गोल

32
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ४ – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १-० गोल अन्तरले जितेको छ । नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल भएको हो । खेलको ५७ औँ मिनेटमा नेपालका नवयुगले गोल गरेर जित दिलाए ।  खेलमा नेपालका बिक्रम लामा म्यान अफ द म्याच भए । केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको हो । जापानी टिममा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इंग्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here