जित्न सक्नेलाई मात्र उम्मेद्वार बनाउँछौँ : देउवा

26
Want create site? Find Free WordPress Themes and plugins.

चैत,३०–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा सहमति गरेर जित्न सक्नेलाई मात्रै उम्मेद्वार बनाउने बताउनुभएको छ । कांग्रेसले स्थानीय तहको चुनाव प्रचारप्रसारको शिलशिलामा पोखरामा ४ नम्बर प्रदेशस्तरीय सभामा देउवाले कार्यकर्ताहरुको बिचमा अधिकतम सहमति गरेर जित्न सक्नेलाई मात्रै उम्मेद्वार बनाउने बताउनुभएको हो ।  सभामा ४ नम्बर प्रदेशका गाउँगाउँबाट कांग्रेस कार्यकर्ताहरु सहभागी भएका थिए । सभालाई सम्बोधन गर्दे नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव गाउँ तहको चुनाव भएकोले आफूहरुले सबैलाई चिन्न पनि नसक्ने हुँदा सकभर सहमतिमै उम्मेद्वार चयन गर्ने तयारी कांग्रेसले गरेको उहाँले बताउनुभयो ।  सभामा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा जित्ने र जितेपनि संघीय संरचना अनुसार काम गर्न सक्ने व्यक्तिलाई मात्रै उम्मेद्वार बनाउने तयारी भएका बताउनुभयो ।  नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले पार्टीले गरेको निर्णय विपरित कसैले अन्तरघात गरेमा वा वागी उठेमा कारवाही गरी पार्टीबाटै निष्काशन गर्ने चेतावनी पनि दिनुभयो । सभा हुनुपूर्व कांग्रेसले पोखराका रानीपौवा, बाग्लुङ्ग बसपार्क र सभागृहचोकबाट ¥याली निकालेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here