जिपको ठक्करबाट बालकको मृत्यु

619
Want create site? Find Free WordPress Themes and plugins.

असार २३ – जिपको ठक्करबाट सात वर्षका बालक अमन सिंजालीको ज्यान गएको छ । तानसेनबाट बिरकोट जाँदै गरेको लु १ ज १७८८ नम्बरको जिपको ठक्करबाट फोक्सिङकोट-८ का अमनको ज्यान गएको हो । सडकमा खेलिरहेका अमनलाई ताहु-६ देउरालीमा जिपले ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते उनको उपचारको लागि तानसेन ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चालक २८ वर्षका मनबहादुर बयमम्बुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

घटनापछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दे शव नबुझेका आफन्तले बिहीबार बेलुकी शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पामा भएको छलफलपछि मृतकका आफन्तलाई जिप समितिबाट किरिया खर्च बापत २५ हजार रुपैयाँ तत्काल प्रदान गर्ने र बीमा बापतको ५ लाख रुपैयाँ प्रदान गर्न छिटो पहल गर्ने निर्णय भएको श्रीनगर जिप ब्यवसायि समिति पाल्पाका ब्यवस्थापक भबिन्द्र गौतमले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here