जिल्ला सेक्रेटरी ज्वाला सहित १० जना रिहा

59
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२६
नेकपा माओवादी(विप्लव) नेतृत्वका मकवानपुर जिल्ला सेक्रेटरी ज्वाला सहित १० जनालाई प्रहरीले नियन्त्रणमा शुक्रबार साँझ २ घण्टा नियन्त्रमा लिई छोडेको छ । प्रहरीले बजारको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी ज्वाला सहित अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय संयोजक गोकुद दाहाल, विद्यार्थी नेता राम घलान, माओवादी नेताहरु विमल तामाङ, दिलिप स्याङतान, किरण लामा,रामहरी खनाल,सागर घताने तथा विकास लम्साल रहेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रमुख मिरा चौधरीले बजारमा पर्चा, पम्प्लेटिङ तथा विभिन्न र्याली गतिविधि गर्ने गरेकोमा पक्राउ गरेको र अनुसन्धान पश्चात रिहा गरेको उनको भनाई रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here