जिस्म युनिट हिड्यो नायक सुरेन्द्रसहित प्रचार प्रसारमा

94
Want create site? Find Free WordPress Themes and plugins.

“जिस्म” युनिट नायक सुरेन्द्र बुढाको नेतृत्वमा प्रचार प्रसारमा हिडन सुरु गरेको छ । असार ३१ गतेदेखी प्रदर्शनमा आउन “जिस्म” लागेको “जिस्म” अर्चना पनेरुको अभिनयले बढि चर्चामा छ । मुभिको ट्रेलरले युटुवबाट उत्साहजनक प्रतिक्रिया पनि पाईरहेको छ । फुर्के र डिल्लीराममा अभिनय गरिसकेका यस मुभिका नवनायक बुढाले प्रचारलाई अब भने तिब्रता दिने बताए ।

यसैसाता प्रचारमा हिडेको युनिटले मोडल समित निरौलालाइृ पनि उसैबेला केक काटेर जन्मदिनको शुभकामना थिको थियो । यतिबेला सुब्बा साबका नायक पनि “जिस्म” को प्रचारमा छन ।निर्देशक राजु गिरीले बनाएको जिस्मलाई काजल र रिया गिरीले मिलेर यो फिल्मको निर्माण गरेका हुन् । आफु बेचिएर अरुको कल्याण हुन्छ भने आफु बेचिन तयार र नचाहे पनि सो धन्दामा लाग्नु पर्ने स्थितीका बारेमा फिल्मको कथावस्तु तयार भएको छ ।

फिल्ममा संगीत योगेश काजीको रहेको छ भने छायांकन रामेश्वर कार्कीको रहेको छ । फिल्मलाई श्रीराम बालाजी फिल्मले असार ३१ गते बाट देशभर प्रदर्शनी मा ल्याउँदै छ भने अन्तराष्ट्रिय रिलिजको जिम्मा हाइलाइट्स नेपालले लिएको छ। यो मुभिसंग अचनासगै सुरेन्द्र बुढाको सुरुवात कस्तो हुन्छ,धेरैको प्रतिक्षको विषय हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here