जिस्म-३ मा ज्याकिले हिरोइनसंग रोमान्स गर्ने

66
Want create site? Find Free WordPress Themes and plugins.

मुम्बई । विपाशा बसुलाई लिएर जिस्म र सन्नी लियोनीलाई लिएर जिस्म-२ बनाएकी पूजा भट्टले जिस्म-३ मा ज्याकी श्राफलाई हिरोइनसँग रोमान्स गराउने भएका छन् ।

उक्त फिल्ममा ज्याकीले कुन हिरोइनसँग रोमान्स गर्ने हो खुलाईएको छैन । तर, पूजाले जिस्म-३ मा तीन पुस्ताका मान्छेको यौन मनोविज्ञान समेटिने बताएकी छिन् ।

यस फिल्ममा २०, ३० र ५० वर्ष उमेर भएका तिन हिरो हुने छन् । ज्याकीले ५० वर्ष पार गरेका नायकको भुमिका निर्वाह गर्ने भएका छन् ।

ज्याकीले भूमिका आफुलाई मन परेको बताएका छन् भने पूजाले फिल्म आफुले बनाएको मध्ये अहिलेसम्मकै बोल्ड हुने भन्दै सेन्सर बोर्डसँग लडन आफु तयार भएर बसेको बताएकी छिन् । ज्याकी अहिले महेश भट्टको साथ ‘काश’ मा काम गर्दैछन् । त्यसकारण पनि ज्याकी र भट्ट खान्दानको सम्बन्ध अहिले सुमधुर छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here