जोनी जेन्टलम्यान लभस्टोरी एक्सन फिल्म

20
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२८-

नेपाली चलचित्र जोनी जेन्टलम्यान लभस्टोरी एक्सन चलचित्र रहेको बताईएको छ । आज हेटौडामा पत्रकार सम्मेलन गरि चलचित्रबारे जानकारी गराईएको थियो । कार्यक्रममा कलाकार पल शाहले आफ्नो यस भन्दा अघिको चलचित्र लभस्टोरी रहेको थियो र यो जोनी जेन्टलम्यान एक्सन लभस्टोरी रहेको छ ।मलाई एक्सनको औतारमा दर्शकले हेर्ने छन्, र रुचाउने छन्, भन्नेमा विश्वस्त रहेको बताए । त्यस्तै, कलाकार आँचल शर्माले आफ्नो यो चलचित्र नाई नभन्नु ल ४ भन्दा फरक रहेको र यस चलचित्रले मलाई अझ चिनाउने र सफलता दिलाउनेमा ढुक्क रहेको बताइन्, ।  यस अघि नाई नभन्नु ल ४मा एकै साथ देखिएका पल र आँचल पुनः यस चलचित्रमा जोडीको रुपमा रहेका छन्, । चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका छन्, ।

भाद्र ३० गते बाट १०० भन्दा बढी सिनेमा हलमा लाग्ने यस चलचित्र जोनी जेन्टलम्यान १२५ लाखमा निर्माण भएको निर्माता अजय मल्ल ठकुरीले बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमगाई, चलचित्र पत्रकार संघ मकवानपुरका सस्थापक अध्यक्ष कुमार अधिकारी लगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here