ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने- सहुलियत दिन सरकार क्रियाशील छ

40
Want create site? Find Free WordPress Themes and plugins.

२१ भदौ,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दाल, चामल लगायतका दैनिक उपभोग्य बस्तुमा ५० प्रतिशत मूल्य घटाउन माग गर्दै मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे ज्ञापनपत्र बुझाउन विप्लव माओवादीका नेताहरु सन्तोष बुढामगर, धर्मेन्द्र बास्तोला लगायत प्रधानमन्त्री कार्यालय गएका थिए । ज्ञापनपत्रमा दाल, चामल, तेल, चिनी, पिठो, दूध, तरकारी, फलफुल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ । यसैगरी किसानका सबै उत्पादन राज्यले खरिद गरी सिधै उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गर्न, युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए खारेज गर्न पनि माग गरिएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले उनले आम जनताका माग समावेश ज्ञापनपत्रले आफूलाई काम गर्न सहयोग पुग्ने भन्दै माओवादीका नेताहरुलाई धन्यवाद दिए । महंगी र कालोबजारीबाट उपभोक्तालाई छुटकारा दिलाउन र सहुलियत दिन सरकार क्रियाशील रहेको भन्दै उनले त्यसका लागि आफूले बजार अनुमगन सुरु गराएको बताए । अनुगमनको सकारात्मक असर देखिएको पनि उनले दावी गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here