टाटा टियागो अब ५.४९% ब्याज दरमा

81
Want create site? Find Free WordPress Themes and plugins.

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले यो जाडोको मौसममा ग्राहकवर्गका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना ल्याएको छ । बिक्री, सेवा र स्पेयर पार्ट्समा नेपालकै सबै भन्दा ठूलो सञ्जाल रहेको दावी गर्ने सिप्रदी ट्रेडिङले मानिसहरुको गाडी किन्ने रहर भएता पनि एक मुष्ठ पैसा तिर्न गाह्रो हुने भएको कारणले यस अफरलाई नेपाली ग्राहकवर्गहरु माझ ल्याउन आवश्यक भएको बताएको छ । टाटा टियागोको खरिदमा ग्राहकहरुले सहज फाइनान्सको सुविधाका साथै आकर्षक छुट र रु.२५,००० बराबरको फ्रि–एसेसरिज पनि प्राप्त गर्नेछन् । एभेरष्ट बैंकको साझेदारीमा सिप्रदी ट्रेडिङले ल्याएको यस अफरमा ग्राहकवर्गले ५.४९५ प्रतिशतको न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्नेछन् । साथै यस योजनाअन्तर्गत ग्राहकवर्गले कुनै पनि सर्भिस चार्ज तिर्नु पर्ने छैन । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here