टुक्रिएको आफ्नै मुटु ,समाएर हिँडेकी छु।

123
Want create site? Find Free WordPress Themes and plugins.

गजल

टुक्रिएको आफ्नै मुटु ,समाएर हिँडेकी छु।।
सुन्यतामा एक्लै कतै , हराएर हिँडेकी छु।।

मेरो चोखो माया तिम्ले , लत्याएर हिडे पनि
केही पलको खुशी दियौ,सजाएर हिँडेकी छु।।

यो जुनिमा यस्तै भयो ,तिम्रो मेरो मिलन हुने
अर्को जुनि भेट्ने आशा,जगाएर हिँडेकी छु।।

म बाँच्नुको के अर्थ भो, निष्ठुरीले भुले पछि
सम्झनामा अन्तिम पत्र ,पठाएर हिँडेकी छु।।

नखोज्नु भो कहि कतै,भेट्ने छैनौ तिमी मलाई
आज आफ्नै अस्तित्व नै ,मेटाएर हिँडेकी छु।।
==========================
पेम्बा डोल्मा “प्रकृति”
सिन्धुपाल्चोक
हाल:टर्की

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here