टेलिकमको ‘तीज डाटा अफर’

49
Want create site? Find Free WordPress Themes and plugins.

१६ भदौ,

नेपाल टेलिकमले फेस्टिभल अफरअन्तर्गत जीएसएम मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । टेलिकमका अनुसार नयाँ अफर राति ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । यो अफर योजना भदौ १८ गतेदेखि असोज १ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । अफरअन्तर्गत ५०० एमबी डाटा भोल्युमको लागि ४० रुपैयाँ र १२ सय एमबी डाटा भोल्युमको लागि ८५ रुपैयाँ लाग्ने जनाएको छ । ५०० एमबी डाटा भोल्युमको ७ दिन र १२०० एमबी डाटा भोल्युमको १५ दिन म्याद रहने टेलिकमले जनाएको छ ।यो महसुल दरमा नियमअनुसार लाग्ने कर समावेश गरिएको नगरेको समेत टेलिकमले स्पष्ट पारेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here