टेलिकमले पुसदेखि काठमाडौं र पोखरामा ‘फोर-जी’ सेवा सुचारु गर्ने

113
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,१

नेपाल टेलिकमले अगामी पुसदेखि काठमाडौं र पोखराको मुख्य शहरी क्षेत्रमा ‘फोर-जी’ सञ्चालन गर्ने भएको छ । फोर-जी चलाउन टेलिकमले तयार गरेको रोलआउट प्लानमा मंसिर ३० गतेदेखि फोर-जी सञ्चालन गर्ने तय गरिएको हो । दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत पहिलो चरणमा नेपालका दुई मुख्य शहरमा फोर-जी डाटा सर्भिस सञ्चालन गर्ने गरी योजना बनाएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । टेलिकमले बनाएको यो योजना आइतबार नै दूरसञ्चार प्राधिकरणमा पेश गरिसकेको वैद्यले बताइन् । तर, फोर-जी कति स्पीडको हुने भन्ने विषय भने टेलिकमले सार्वजनिक गरेको छैन । सेवा सञ्चालनमा आएपछि मात्रै यो विषयमा जानकारी दिने बैद्यले बताइन् । सामान्यतः फोर-जी अपलोड ५० एमबीपीएस र डाउनलोड प्रतिसेकेन्ड १०० एमबीपीएसमा हुने उनको भनाइ छ । ‘टेलिकमले यसअघि नै फोर-जी सञ्चालनको लागि आवश्यक उपकरण खरिद गरिसकेको छ’ उनीले भनिन् ‘अब प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराएपछि आवश्यक केही कार्ड खरिद गर्नमात्र बाँकी छ ।’ यसअघि असोज १६ गते नेपाल दूरसञ्चार प्राधिकरणले फोर-जी सञ्चालनको लागि नेपाल टेलिकमसँग विस्तृत कार्ययोजना माग गरेको थियो । प्राधिकरणले फोर-जी सञ्चालन गर्दा कसरी, कुन अवस्थामा, कहिलेदेखि सञ्चालन गर्ने भन्दै टेलिकमसँग रोलआउट प्लानका लागि पत्राचार गरेको थियो । प्राधिकरणले फोर-जी सञ्चालनको अनुमति दिनसाथ टेलिकमले सेवा दिन सक्ने गरी तयारी अवस्थामा रहेको बताएको छ । फोरजी ब्रोडब्याण्ड इन्टरनेट थ्रीजीभन्दा तिब्र गतिको हुने र यसले मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्ने उपभोक्तालाई फोटो तथा भिडियो अपलोड गर्न तथा हेर्न सहज हुने टेलिकमले बताएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here