ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

39
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१४–
त्रिभुवन राजपथ अन्तर्गत नौबिसे गाविसको टायलघर नजिकै बिहीबार ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक जुम्लाका जयबहादुर राउतको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५६५ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा लु ३० प ९१२४ नम्बरको मोटरसाइकल चालक राउतको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा माया रोकाया घाइते भएकोले उपचारका लागि काठमाडौं पठाइएको छ । उकालोमा उछिन्न खोज्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here