ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर बुवाआमाको मृत्यु, छोरा घाइते

38
Want create site? Find Free WordPress Themes and plugins.

जेठ २९ – दाङको तुलसीपुर घोराही सडकखण्डको विजौरीमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

शुक्रबार बेलुका भएको दुर्घटनामा सल्यान स्थायी घर भई अहिले सशस्त्र वेस क्याम्प भालुवाङ दाङमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार सन्तोष बादी र उहाँकी श्रीमती ज्योती बादीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुरका लागि छुटेको लु २ प ३२३८ नम्बरको ट्रयाक्टरले तुलसीपुरबाट घोराहीका लागि छुटेको गरेको रा २ प १५३८ नम्बरको मोटरसाइकललाई बेलुका ६ बजेतिर बिजौरी–५ बिजौरीको ओरालोमा ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका बादीका श्रीमान श्रीमतीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ज्यान गएको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. भोलाराम श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार बादीका ८ वर्षका छोरा समीर घाइते भएको प्रहरीले जनाएको छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here