डा.केसीको अनशन स्थगित

31
Want create site? Find Free WordPress Themes and plugins.

असोज २२ – चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्रा.डा. गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गर्नुभएको छ । अनशनरत अवस्थामा शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गर्नुभएको हो । विभिन्न माग राख्दै यही असोज १० गते प्राडा केसीले नवौं आमरण अनशन सुरु गर्नुभएको थियो । सरकारले गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नुपरेको बताउनुभएको थियो । यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गर्नुभएका उहाँले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गर्नुभएको थियो । डा. केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्नेजस्ता माग राख्दै आउनुभएको छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here