डिजेल बोकेको ट्याङकर दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

34
Want create site? Find Free WordPress Themes and plugins.

असोज १५ – मकवानपुरको थाहा नगरपालिकाको सिमभन्ज्याङमा शनिबार बिहान डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट थाहा नगरपालिका तर्फ डिजेल बोकेर छुटेको ना २ ख २८५२ नम्बरको ट्याङकर सिमभञ्ज्याङबाट तल खस्दा गम्भीर घाइते भएका बारा गढीमाई–९ सिमराका २५ वर्षका बिनोद चौधरीको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो । शुक्रबार राति सवा १२ बजे डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा घाइते भएका चौधरीको उपचारका क्रममा शनिबार बिहान ज्यान गएको हो । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते भएका सिमराका २७ वर्षका कुमार लामा र धादिङ गजुरीका १९ वर्षका मानबहादुर लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here